Periodic Plan

                                                                                                                           पर्यटन उद्योग व्यवसाय र शिक्षा
                                                                                                                        हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा
                                                                                      सिद्धार्थनगर नगरपालिका प्रथम आवधिक योजना (२०६७/६८ —२०७२/७३) : अन्तरिम प्रतिवेदन
                                                                                                                                     खण्ड एक : भूमिका

 

पृष्ठभूमि
नेपालका धेरैजसो नगरपालिकाहरू सहरी सेवा सुविधा, सडक सञ्जाल, सुरक्षित खानेपानी, सरसफाइ, फोहोर–मैलाको उचित प्रबन्ध, सामाजिक पूर्वाधार तथा मनोरञ्जनात्मक सुविधा जस्ता पूर्वाधारबाट वञ्चित छन् । सहरीकरणका विविध बहिर्भावहरूबाट प्रभावित यस्ता नगरपालिकाहरू विविध वातावरणीय चुनौतीहरूसँग पनि जुझिरहेका छन् । धेरैजसो खोला–नालाहरू, समथल भूमि, ताल एवम् पोखरी जस्ता जलाशयहरू अनियन्त्रित विकासका कारण एकातिर तीव्र अतिक्रमित हँुदै गइरहेका छन् भने अर्कोतिर यस्ता क्षेत्रहरूमा ढल, नाला एवम् फोहोर–मैलाको अव्यवस्थित मिल्काइले प्रदूषित समेत बन्दै गइरहेका छन् । 
कतिपय ठूला नगरपालिकाहरूले धेरै अगाडिदेखि नै अव्यवस्थित यातायात, वायुको ह्रासोन्मुख गुणस्तर जस्ता कारणहरूले वातावरणीय ह्रासताको नतिजा भोगिसकेका छन् । आवासको लागि जंगल क्षेत्र, खोलाको बगर, सार्वजनिक जग्गालगायत ऐतिहासिक भवन जस्ता सार्वजनिक धरोहरमाथिको गैर–कानुनी अतिक्रमणले प्राकृतिक तथा मानव निर्मित वातावरणलाई प्रत्यक्ष रूपले नकारात्मक असर पु¥याइरहेको छ । आन्तरिक द्वन्द्वको परिणाम स्वरूप विस्थापित व्यक्तिहरूको सहरमुखी आगमनले समेत यस्ता गैर–कानुनी आवासको समस्या अझ भयावह रूपले थपिएको छ । एकातिर अव्यवस्थित सहरीकरणले खेतीयोग्य जमिनको ह्रास बढ्दो छ भने कतिपय सहरी क्षेत्रहरू स्व–रोजगारका अवसरहरू तथा खाद्य पर–निर्भरता निम्त्याउने कारक तŒवको रूपमा स्थापित हुँदै गइरहेका छन् । जनसङ्ख्या वृद्धिको उर्धगति र आशातीत आर्थिक विकासका प्रतिफल बीच तालमेल नहुनुको परिणाम स्वरूप धेरै नगरपालिकाको लागि सहरी गरिबी प्रमुख चुनौतीका रूपमा स्थापित हँुदै गइरहेको छ । यसले नगरपालिकाहरूका विकास प्रयास वृहत्तर रूपमा कमजोर सावित भएका छन् । 
नगरपालिकाका विकास प्रयासहरू योजनाबद्ध तथा समन्वयात्मकभन्दा पनि क्षणिक समस्या निराकरण गर्ने दिशातिर अघि बढेका देखिन्छन् । विशेषतः मानव–संशाधनप्रतिको कमजोर संस्थागत क्षमता, न्यून प्राविधिक तथा आर्थिक स्रोतहरू नै कमजोर प्रस्तुतीकरणको प्रमुख कारक तत्वको रूपमा रहेको पाइन्छ । समग्रमा, व्यवस्थित योजनाहरूको अभावले नगरपालिकाको कार्य असंयोजित क्रियाकलाप जस्तो हुन गएको देखिन्छ, जसले नगरपालिकाको विकास प्रयासहरू न्यून उपलब्धिमूलक र सीमित अवसरयुक्त सावित भएका छन् । नगरपालिकाका विगतको “एकीकृत कार्यमूलक योजना” ९क्ष्ब्एस्क्ष्लतभनचबतभम ब्अतष्यल एबिललष्लन० मूलतः भोेैेतिक पक्षसँगमात्र लक्षित रहेको देखिन्छ । क्ष्ब्ए ले केही नगरपालिकाहरूको भौतिक पक्षहरू सुधारोन्मुख गराए तापनि शिक्षा, स्वास्थ्य जस्ता कतिपय समाजिक समस्याहरूमा भने यो न्यून उपलब्धिमूलक रह्यो । भौतिक र सामाजिक विकास बीचको गहिरो खाडल पुर्न असफल देखियो । विगतका प्रयासहरू सामाजिक समावेशिता, सहरी गरिबी न्यूनीकरण, वातावरणीय संरक्षण, आर्थिक विकास तथा परिचालन, नगरपालिकाको क्षमता अभिवृद्धि गर्ने जस्ता मूल मुद्दाबाट अलग रहेको पाइन्छ । परिमाणतः धेरै नगरपालिकाहरू समग्र विकासको अवधारणाका साथसाथै राष्ट्रिय विकासको मूल प्रवाहमा अहम् योगदान गर्नबाट चुक्न गएको देखिन्छ ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ले नगरपालिकाको योजनामा पुनः विचार गरी सीमितताबाट छुटकारा प्राप्त गरिनु पर्ने कुरामा जोड दिएको छ । ऐनले स्पष्ट रूपमा सहभागितात्मक विकासको आवश्यकता र नगरपालिकाको भौतिक विकासमा दीर्घकालीन सोचसँग सामञ्जस्यता राखी नगरपालिकाको आवधिक योजनामा विषयगत उद्देश्यहरू तथा कार्यक्रमहरूलाई समावेश गरिनु पर्ने कुरामा जोड दिएको छ । यस बाहेक आवधिक योजनाले वडास्तर भेलाबाट प्राप्त तत्काल सम्बोधन गरिनु पर्ने क्षेत्रका समस्यालाई निराकरण गर्ने र अल्पकालीन कार्ययोजनासँग पनि सामञ्जस्यता कायम गर्नु पर्ने व्यवस्था छ ।

 

 

 सिद्धार्थनगर नगरपालिका प्रथम आवधिक योजना (२०६७/६८ —२०७२/७३) को सम्पूर्ण जानकारीको लागि निम्न File हरु हेर्न सक्नुहुन्छ |