"कृषि, स्वास्थ्य,पर्यटन,उद्योग,व्यापार र शिक्षा,हराभरा बुद्धभूमी सिद्धार्थनगरको इच्छा"

header AD
संक्षिप्त विवरण

गौतम बुद्ध जन्म स्थल लुम्विनीको प्रवेशद्वार र रुपन्देही जिल्लाको प्रशासनिक केन्द्रको रुपमा रहेको सिद्धार्थनगर नगरपालिका लुम्बिनी प्रदेश स्थित रुपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित रहेको छ।यस नगरपालिकामा नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल “गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल” अवस्थित छ। भौगोलिक अवस्थितिको सन्दर्भमा यो नगरपालिका 83°26' पूर्वी देशान्तर र 27°३१' उत्तर अक्षांशमा अवस्थित छ । कुल क्षेत्रफल ३६.०३ वर्ग कि.मी. ओगटेको यस नगरपालिका समुद्र सतहबाट ११० मिटरको उचाईमा रहेको छ भने नगरपालिकामा उष्णप्रदेशीय हावापानी पाइन्छ।अधिकतम तापक्रमः ४५.२० डिग्री सेल्सियस र न्यूनतम तापक्रम २.४० डिग्री सेल्सियस सम्म पुगेको देखिन्छ भने औसत वर्षाः १४३६.५ मि.मि. सम्म भएको पाइएको छ ।

ऐतिहासिक चिनारी तथा नामाकरण

रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरु मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ।भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामाकरण गरिएको छ।सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, सस्कृतिको साझा संगमको रुपमा यस नगरपालिका रहेको छ। वि.सं. १९९० सम्म नगन्य रूपमा मात्र वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्ति नगरमा हवाई मैदान निर्माण भएपछि बस्ति विकासको गतिमा तीव्रता आएको पाईन्छ।वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो।वि.स. २०३३ साल देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो।१३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा सुनौली (महाराजगञ्ज जिल्ला, भारत)ले सिमाकंन गरिएको छ।

भौगोलिक अवस्थिति

देशान्तरः 83°26' पुर्वी देशान्तर 27°३१' उत्तरी अक्षांश

राजनीतिक एवम् प्रशासनिक संरचनाः

प्रदेशः लुम्बिनी

जिल्लाः रुपन्देही

संघीय प्रतिनिधी निर्वाचन क्षेत्र नं 3

प्रदेश प्रतिनिधी निर्वाचन क्षेत्र नं ३ (१)

जम्मा वडा संख्याः 13 वटा

नदीनाला तथा तलैयाहरुः डण्डा र घाघरा खोला

जनसंख्याको विवरण

नगरपालिकाको जनसंख्या : 74436 जना

पुरुष : ३७२४९ जना

महिला : ३७१८७ जना      

जम्मा घरधुरी : 15871

परिवारको औषत सदस्य संख्याः 4.69 जना प्रतिपरिवार

जनघनत्वः 2066 प्रति वर्ग कि.मी

लैङ्गिक अनुपात : 100.17 पुरुष प्रति १०० महिला

साक्षरता दरः 86.1 प्रतिशत

पुरुष साक्षरता दरः 92.5 प्रतिशत 

महिला साक्षरता दरः 79.8 प्रतिशत

 

शैक्षिक स्थितिः

कक्षा छाड्ने दरः 6.06 %

टिकाउ दरः 93.4%

नगरपालिकाको साक्षरता दरः 86.1 प्रतिशत (स्रोतः राष्ट्रिय जनगणना 2078)

विद्यालयको विवरण

       सामुदायिक विद्यालयः 17 वटा

       संस्थागत विद्यालयः 42 वटा

       मदरसाः 13 वटा

       संस्कृत विद्यालयः 1 वटा

       सिकाई केन्द्रः 1 वटा

स्वास्थ्य संस्थाहरु

१. सामुदायिक सरकारी अस्पताल – १ वटा

        भीम अस्पताल

२. निजि अस्पताल – 4 वटा

        लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल

        युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल

        ओजस हस्पिटल प्रा.ली.   

        आरोग्य मल्टि स्पेशलिष्ट हेल्थ केयर एण्ड डाईनोक्टिक सेन्टर प्रा.ली.  

३.आधारभूत स्वास्थ्य सेवा केन्द्र – ९ वटा

        आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. १

        आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ३

        आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ४

        आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ५

        आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ६

        आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ७

        आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ९

        आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. १०

        आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं. ११

प्रमुख जातजातीः

        ब्राहमण, क्षेत्री, मुस्लिम, मधेसी, मगर, गुरुङ्ग, नेवार आदि ।

धर्महरु

    हिन्दु, मुस्लिम, बौद्ब आदि ।

आधारभूत जानकारी
Lumbini
Rupandehi
नगरपालिका
36.03 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 74436
Male 37249
Female 37187
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at 2024-10-21
Website -

Coordinates: 27.500000° N, 83.450000° E