सिद्धार्थनगर नगरपालिकाको परिचय गौतम बुद्ध जन्म स्थल लुम्विनीको प्रवेशद्वार र रुपन्देही जिल्लाको प्रशासनिक केन्द्रको रुपमा रहेको सिद्धार्थनगर नगरपालिका लुम्बिनी प्रदेश स्थित रुपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित रहेको छ।यस नगरपालिकामा नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल “गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल” अवस्थित छ। भौगोलिक अवस्थितिको सन्दर्भमा यो नगरपालिका ८३°२६' पूर्वी देशान्तर र २७°३१' उत्तर अक्षांशमा अवस्थित छ । कुल क्षेत्रफल ३६.०३ वर्ग कि.मी. ओगटेको यस नगरपालिका समुद्र सतहबाट ११० मिटरको उचाईमा रहेको छ भने नगरपालिकामा उष्णप्रदेशीय हावापानी पाइन्छ।अधिकतम तापक्रमः ४५.२० डिग्री सेल्सियस र न्यूनतम तापक्रम २.४० डिग्री सेल्सियस सम्म पुगेको देखिन्छ भने औसत वर्षाः १४३६.५ मि.मि. सम्म भएको पाइएको छ ।
Supporting Documents: