शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको यस पर्यटकीय नगरी सिद्धार्थनगरलाई व्यापारिक, औद्योगिक केन्द्रको रुपमा स्वच्छ सफा हराभरा राख्नु हामी सम्पूर्ण नगरवासीको कर्तव्य हो । हामी सबैले सधै दैनिक गतिविधिमा ध्यान पु¥याई काम गर्ने बानी बसाली हाम्रो शहर, घर, आँगन सधै सफा र स्वच्छ राख्नको लागि निम्न लिखित कुराहरुमा ध्यान पु¥याई दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
(१) सडको दायाँ बायाँ नाली र पेटी माथि सामानहरु जथाभावी राखी बेच विखन गर्ने गर्दा सर्वसाधारणलाई हिड्डुल गर्न असजिलो हुनुका साथै दुर्घटना हुन सक्ने हुँदा नाली र पेटी अतिव्रmमण हुने गरी सामान नराखौ ।
(२) आफ्नो घर तथा पसलबाट निस्कासित फोहोर नगरपालिकाले तोकेको स्थान र समयमा राख्ने गरौं ।
(३) सिद्धार्थनगर नगरपालिकालाई “पर्यटन, उद्योग, व्यवसाय र शिक्षा, हरा भरा बुद्ध भूमि सिद्धार्थनगरको इच्छा” भन्ने नारालाई साकार पार्न नगरपालिकालाई सहयोग पु¥याई दिन हुन सम्पूर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
(४) “स्वच्छ सफा नगर, हाम्रो रहर” भन्ने नारालाई साकार पार्न जथाभावी फोहोर नगरौं ।
(५) रुख रोपौं वातावरणको संरक्षण गरौं ।
(६) नगरपालिकामा दर्ता नभएको व्यापार व्यवसाय उद्योग तथा फर्म तुरुन्त न.पा.मा दर्ता गरौं ।
(७) कालो पोलिथिनको झोलाले जनस्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले यसको प्रयोग नगरौं ।
(८) बुद्ध जन्मभूमि हाम्रो नगरको पहिचान हो, यसलाई स्वच्छ र सफा राखौं ।
(९) जथाभावी फोहोर मैला नगरौ । खुल्ला दिशा पिसाब नगरौं ।
(१०) यहाँहरुले तिरेको करबाट नगरको बाटो घाटो निर्माण विकास कार्य हुने भएको हुँदा आपूmले तिर्नु पर्ने कर समयमै बुझाऔँ ।
(११) आफुले तिर्नुपर्ने कर तथा सेवा शुल्कहरु समयमा नै तिरी नगरको विकासमा सहयोग गरौ ।
(१२) खुला दिशा पिसाब नगरौ ।
(१३) घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसााई सराई ) समयमै (३५ दिन भित्र) गरौ ।
(१४) खुल्ला दिशामुक्त नगर बनाऔं ।
श्री बिष्णुदत्त गौतम
प्रमुख एवं कार्यकारी अधिकृत
सिद्धार्थनगर नगरपालिका कार्यालय