FAQs Complain Problems

सिद्धार्थनगर नगरपालिकाको नगरवासीहरुमा अनुरोध

शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीको प्रवेशद्वारको रुपमा रहेको यस पर्यटकीय नगरी सिद्धार्थनगरलाई व्यापारिक, औद्योगिक केन्द्रको रुपमा स्वच्छ सफा हराभरा राख्नु हामी सम्पूर्ण नगरवासीको कर्तव्य हो । हामी सबैले सधै दैनिक गतिविधिमा ध्यान पु¥याई काम गर्ने बानी बसाली हाम्रो शहर, घर, आँगन सधै सफा र स्वच्छ राख्नको लागि निम्न लिखित कुराहरुमा ध्यान पु¥याई दिनु हुन हार्दिक अनुरोध गर्दछौं । (१) सडको दायाँ बायाँ नाली र पेटी माथि सामानहरु जथाभावी राखी बेच विखन गर्ने गर्दा सर्वसाधारणलाई हिड्डुल गर्न असजिलो हुनुका साथै दुर्घटना हुन सक्ने हुँदा नाली र पेटी अतिव्रmमण हुने गरी सामान नराखौ । (२) आफ्नो घर तथा पसलबाट निस्कासित फोहोर नगरपालिकाले तोकेको स्थान र समयमा राख्ने गरौं । (३) सिद्धार्थनगर नगरपालिकालाई “पर्यटन, उद्योग, व्यवसाय र शिक्षा, हरा भरा बुद्ध भूमि सिद्धार्थनगरको इच्छा” भन्ने नारालाई साकार पार्न नगरपालिकालाई सहयोग पु¥याई दिन हुन सम्पूर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गर्दछौं । (४) “स्वच्छ सफा नगर, हाम्रो रहर” भन्ने नारालाई साकार पार्न जथाभावी फोहोर नगरौं । (५) रुख रोपौं वातावरणको संरक्षण गरौं । (६) नगरपालिकामा दर्ता नभएको व्यापार व्यवसाय उद्योग तथा फर्म तुरुन्त न.पा.मा दर्ता गरौं । (७) कालो पोलिथिनको झोलाले जनस्वास्थ्यमा नकारात्मक असर पार्ने भएकोले यसको प्रयोग नगरौं । (८) बुद्ध जन्मभूमि हाम्रो नगरको पहिचान हो, यसलाई स्वच्छ र सफा राखौं । (९) जथाभावी फोहोर मैला नगरौ । खुल्ला दिशा पिसाब नगरौं । (१०) यहाँहरुले तिरेको करबाट नगरको बाटो घाटो निर्माण विकास कार्य हुने भएको हुँदा आफूले तिर्नु पर्ने कर समयमै बुझाऔं । (११) आफुले तिर्नुपर्ने कर तथा सेवा शुल्कहरु समयमा नै तिरी नगरको विकासमा सहयोग गरौ । (१२) खुला दिशा पिसाब नगरौ । (१३) घटना दर्ता ( जन्म, मृत्यु, विवाह, बसााई सराई ) समयमै (३५ दिन भित्र) गरौ ।  सिद्धार्थनगर नगरपालिका