गौतम बुद्ध जन्म स्थल लुम्विनीको प्रवेशद्वार र रुपन्देही जिल्लाको प्रशासनिक केन्द्रको रुपमा रहेको सिद्धार्थनगर नगरपालिका लुम्बिनी प्रदेश स्थित रुपन्देही जिल्लाको दक्षिण भेगमा अवस्थित रहेको छ।यस नगरपालिकामा नेपालको दोश्रो अन्तराष्ट्रिय विमानस्थल “गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल” अवस्थित छ। भौगोलिक अवस्थितिको सन्दर्भमा यो नगरपालिका 83°26' पूर्वी देशान्तर र 27°३१' उत्तर अक्षांशमा अवस्थित छ । कुल क्षेत्रफल ३६.०३ वर्ग कि.मी. ओगटेको यस नगरपालिका समुद्र सतहबाट ११० मिटरको उचाईमा रहेको छ भने नगरपालिकामा उष्णप्रदेशीय हावापानी पाइन्छ।अधिकतम तापक्रमः ४५.२० डिग्री सेल्सियस र न्यूनतम तापक्रम २.४० डिग्री सेल्सियस सम्म पुगेको देखिन्छ भने औसत वर्षाः १४३६.५ मि.मि. सम्म भएको पाइएको छ ।
ऐतिहासिक चिनारी तथा नामाकरण
रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने मुख्य प्रवेशद्वारहरु मध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित छ।भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट यस नगरपालिकाको नामाकरण गरिएको छ।सांस्कृतिक परम्परा र मान्यताहरू साहित्य, भाषा, कला, धर्म, सस्कृतिको साझा संगमको रुपमा यस नगरपालिका रहेको छ। वि.सं. १९९० सम्म नगन्य रूपमा मात्र वस्तीहरू भएको यस नगरमा वि.सं. २०१० सालमा शान्ति नगरमा हवाई मैदान निर्माण भएपछि बस्ति विकासको गतिमा तीव्रता आएको पाईन्छ।वि.सं. २०२४ सालमा भैरहवा नगर पञ्चायतको नामबाट औपचारिक रुपमा नगरपालिका घोषणा भएको थियो।वि.स. २०३३ साल देखि नगरपालिकाको नाम भैरहवा नगरबाट सिद्धार्थनगरमा रुपान्तरित भएको हो।१३ वटा वडामा विभाजित यस नगरपालिकाको सिमानामा पूर्वमा ओमसतिया र रोहिणी गाउँपालिका, पश्चिममा मायादेवी गाउँपालिका, उत्तरमा ओमसतिया र मायादेवी गाउँपालिका र दक्षिणमा सुनौली (महाराजगञ्ज जिल्ला, भारत)ले सिमाकंन गरिएको छ।
भौगोलिक अवस्थिति
देशान्तरः 83°26' पुर्वी देशान्तर 27°३१' उत्तरी अक्षांश
राजनीतिक एवम् प्रशासनिक संरचनाः
प्रदेशः लुम्बिनी
जिल्लाः रुपन्देही
संघीय प्रतिनिधी निर्वाचन क्षेत्र नं 3
प्रदेश प्रतिनिधी निर्वाचन क्षेत्र नं ३ (१)
जम्मा वडा संख्याः 13 वटा
नदीनाला तथा तलैयाहरुः डण्डा र घाघरा खोला
जनसंख्याको विवरण
नगरपालिकाको जनसंख्या : 74436 जना
पुरुष : ३७२४९ जना
महिला : ३७१८७ जना
जम्मा घरधुरी : 15871
परिवारको औषत सदस्य संख्याः 4.69 जना प्रतिपरिवार
जनघनत्वः 2066 प्रति वर्ग कि.मी
लैङ्गिक अनुपात : 100.17 पुरुष प्रति १०० महिला
साक्षरता दरः 86.1 प्रतिशत
पुरुष साक्षरता दरः 92.5 प्रतिशत
महिला साक्षरता दरः 79.8 प्रतिशत
नगरपालिकाको संक्षिप्त परिचय
Supporting Documents: